शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशका ७३८ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट पहुँच

आइतबार, १५ जेठ २०७९, १४ : ११
आइतबार, १५ जेठ २०७९

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा देशभरका ६ हजार १९० वटा वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार ७३८ स्थानीय तहमा समेत इन्टरनेट पुगेको छ ।

यसैगरी, ५ हजार १९६ वटा माध्यमिक विद्यालयमा र ४ हजार ११७ स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ । यसैगरी, टेलिफोन घनत्व १३९.८६ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ११६.९ प्रतिशत पुगेको छ ।

गत वर्षको फागुनसम्ममा यस्तो घनत्व क्रमशः १३०.३ प्रतिशत र ८२.८ प्रतिशत रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप