बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च

आइतबार, १५ जेठ २०७९, १४ : २३
आइतबार, १५ जेठ २०७९

बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ ।

यसले ठूलो जनसंख्यामा मानसिक स्वास्थ्यको उच्च आवश्यकता रहेको अध्ययनले सुझाव दिएको छ । ती निराशाजनक अवस्थामा रहेका किशोर किशोरीमध्ये ४० प्रतिशतभन्दा बढीसँग बन्दुक रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । ‘हाम्रा खोजहरूले आत्महत्याको जोखिम र बन्दुकको पहुँचका लागि आपतकालीन विभागमा उपस्थित सबै किशोरकिशोरीहरूको स्क्रीनिङको महत्वलाई जोड दिन्छ’, अध्ययनकी सामा केमलले भनिन् । 

केमल शिकागोको चिल्ड्रेन हस्पिटलमा बाल रोग इमर्जेन्सी मेडिसिन फेलो हुन् । ‘अब यो अझ गम्भीर छ कि हामी युवा मानसिक स्वास्थ्य संकटको बीचमा छौं’, उनले भनिन् । बन्दुकको पहुँच भएका किशोरमा आत्महत्या प्रयास वा आत्महत्याको विचारको अन्यमा भन्दा १ दशमलब ५ गुणा बढी हुने अध्ययनले पत्ता लगाएको छ ।

'किशोर/किशोरीको  विश्वव्यापी मानसिक स्वास्थ्य स्क्रिनिङ विशेष गरी कोभिड–१९ महामारीको कारण महत्वपूर्ण छ, जसले बन्दुकको उपलब्धता र युवाहरूको मानसिक स्वास्थ्यको बिग्रँदै गएको सूचक दुवै निम्त्याएको छ’ केमालले भनिन् । अध्ययन  जर्नल एकेडेमिक पेडियाट्रिक्समा अनलाइन प्रकाशित छ।
   
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप