शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा अध्यक्षको निर्देशन

आइतबार, १५ जेठ २०७९, १५ : ११
आइतबार, १५ जेठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।  अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पारे । 

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गर्दै अध्यक्ष लिङ्देनले अव प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।

उनले भने, ‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाई मार्ने सुविधा र छुट छैन । भोली नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु । स्थानीय तहको निर्वाचनमा गणितको हिसावले राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य संख्यामा जित्न नसकेपनि नेपालको राजनीतिमा हाम्रो पार्टी नयाँ शक्तिको रुपमा उदय र विकास भइराखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्तिको रुपमा अगाडि आइराखेको छ भन्ने सन्देश दिन सफल भएको छ ।’

अध्यक्ष लिङ्देनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरु बधाईको पात्र भएको भन्दै उनीहरुको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप