
तारा एयरले भन्यो– हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो ।
एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ । तारा एयरको ट्वीनअटर विमान आइतबार बिहान ९ः ५५ बजे १९ यात्रु र ३ चालक दलका सदस्यसहित जोमसोमतर्फ उडेको थियो । उक्त विमान उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमानमा यति एयरका पाइलट वसन्त लामा समेत सवार रहेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ