शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागरिक अपेक्षा अनुरुप योगदान गर्न शान्ति समाजको आग्रह

आइतबार, १५ जेठ २०७९, १५ : २७
आइतबार, १५ जेठ २०७९

मानव अधिकार तथा शान्ति समाजले १५ औँ गणतन्त्र दिवसको विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरेको छ । शान्ति समाज काठमाडौं, पाल्पा, दाङलगायतले कार्यक्रमको आयोजना गरेका हुन् । 

शान्ति समाज काठमाडौं “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक गोष्ठी गरेको छ । गोष्ठीमा बोल्दै समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरुले नागरिक अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।

समाजका काठमाण्डौं शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा जोरपाटीमा सम्पन्न गोष्ठीमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा। गंगाधर अधिकारी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, पूर्व उपमेयर शान्ति नेपाल, गोकर्णेश्वर वडा न। ५ का अध्यक्ष नारायण सुवेदी,  ६ का अध्यक्ष नवराज लामा, समाजसेवी श्रीराम चालिसे,  सार्जन चापागाईले मन्तव्य राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप