७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ
मंगलबार, १७ जेठ २०७९, ०९ : ०५

७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।