संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने
नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सोही समितिमा यसअघि पहिलेदेखि नै नेकपा एसका अध्यक्ष नेपाल सदस्य रहेका छन् । अब हुने अन्र्तराष्ट्रिय समितिको बैठकमा सहभागिता जनाउँदा दुई अध्यक्ष एउटै बैठकमा सँगै हुनेछन् ।
यसअघि आफ्नो दलले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । अध्यक्ष ओलीले २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनैपनि संसदीय समितिको सदस्य रहेका थिएनन् । यद्यपी उनी सबै संसदीय समितिको पदेन सदस्य भने रहेका थिए । नेपाल सरकारका सबै मन्त्रीहरु संसदीय समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ । राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण अनुसार र सांसदहरुको छनौटअनुसार सभामुखले सांसदहरुलाई विभिन्न समितिका लागि छनौट गरेका हुन् ।
समितिहरुमा सांसदहरूको प्रतिनिधित्व :
केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
विष्णु पौडेल, अर्थ समिति
हृदयेश त्रिपाठी, अर्थ समिति
मिनेन्द्र रिजाल, अर्थ समिति
भानुभक्त ढकाल, कानुन, न्याय तथा मानव अधिकार समिति
पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति
गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति
लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति
वसन्त नेम्वाङ, विकास तथा प्रविधि समिति
पद्मा अर्याल, विकास तथा प्रविधि समिति
जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति
उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति
विमला विक, महिला समितिबाट कानुन समिति
रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समिति
खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति
शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति
हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति
शान्ता चौधरी कृषि, समितिबाट विकास समिति
विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति
दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समितिमा हेरफेर गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिमा दलगत प्रतिनिधित्व :
सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा दलगत प्रतिनिधित्व यसप्रकार कायम गरिएको जानकारी गराएका छन् । संसदको ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल एमालेबाट कार्यव्यवस्था समितिमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ छन् ।
काँग्रेसका तर्फबाट सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिंह लामा तामाङ छन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा छन् । एकीकृत समाजवादीबाट प्रमुख सचेतक जीवनराम श्रेष्ठ, जसापबाट प्रमोद साह र लोसपाबाट उमाशंकर अरगरिया कार्यव्यवस्था परामर्श समितिमा रहने सभामुख सापकोटाले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चेली रुबी यसरी जमिन् मिथिला चित्रकलामा
-
राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प
-
शीतलनिवासमा सर्वसाधारणलाई टीका, तस्बिरहरू
-
अटोमेटिक पेस्तोल र गोलीसहित एक पक्राउ
-
काममा मन लाग्दैन ? कतै तपाईँलाई डिप्रेसन त भएको छैन ?
-
सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यसहित आपसमा भिड्दै दक्षिण अफ्रिका र बंगलादेश