जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ : इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिरहेको प्रमुख कार्यकारी अधिकृत सुभाष खड्काले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकाले गर्दा अहिले धेरै इन्टरनेट प्वाइन्टहरू बन्द हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, 'एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरि प्रवाह गर्न भनिरहेको छ भने अर्को तर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ।. यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँदछौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित