शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘असल कामको सुगन्ध चारैतिर फैलिन्छ’

बिहीबार, १९ जेठ २०७९, १० : ५६
बिहीबार, १९ जेठ २०७९

१, आफू हिँड्ने बाटो आफैँले खन्नुपर्छ । होइन भने हराउन सक्ने सम्भावना निकै रहन्छ । त्यसैले अरूले खनेको बाटो समातेर हराउनुभन्दा बाटो नभएको स्थानमा गएर प्रभाव छाड्ने प्रयास गर्नु नै बुद्धिमानी मानिन्छ । 
इमर्सन
२, नारी उत्थानका लागि नारीहरूले नै जाग्नुपर्ने अवस्था आएको छ । उनीहरूको जागृत सहभागिता र सचेत उत्साह विना समाजमा आधारभूत क्रान्ति सम्भव हुँदैन । 
मदनमणि दीक्षित
३, पाइलै नचाल्नुभन्दा गलत पाइला चाल्नु राम्रो हो किनभने एउटा गलत पाइला चाल्नु पनि एक पाइलो अघि बढ्नु हो । सफलताताको रहश्य भनेकै उद्देश्यमाथि ध्यान केन्द्रित गर्नु हो । 
थोमस एल्वाएडिसन
४, फूलको सुगन्ध हावा बगेको तर्फमात्र फैलिन सक्छ तर मान्छेले गरेको असल कामको सुगन्ध चारैतिर फैलिन्छ । त्यसैले सही सुगन्ध त्यो हो, जो सर्वत्र फैलिन सक्छ । 
आचार्य चाणक्य
५, भनिन्छ केही पाउनका लागि केही गुमाउनुपर्छ तर त्योभन्दा बढी जीवनमा केही पाउनु छ भने आफूमा दृढ विश्वास र शुद्ध प्रेम अत्यावश्यक हुन्छ ।  
सत्यसाई बाबा 
६, आफ्नो जीवन आफैँले बनाउने हो । तपार्ईँको जीवन त्यही हो, जसलाई बनाउन सुरू गर्नुभएको छ । आज त्यही बन्नुभएको छ, जसरी बनाउन सुरू गर्नुभएको थियो । 
रिचर्ड एल इर्वास
७, घमण्ड र ईष्र्या महान् शत्रु हुन् । यिनको पछि लाग्ने मानिसले न प्रगति गर्न सक्छ न मनको शान्ति नै प्राप्त गर्न सक्छ । 
गौतम बुद्ध 
८, आफ्नो नेतृत्व आफैँले गर्ने प्रयास गर्नुपर्छ । जुन समयमा हामी कसैको नेतृत्व गरिरहेका छौँ भन्ने ठान्छौँ वास्तवमा त्यो समयमा हामी अरू कसैको नेतृत्वमा रहेका हुन्छौँ । 
वायरन
९, आफ्नो अज्ञानताको अनुभूति हुनु भनेको ज्ञानको दिशातर्फ अघि बढ्ने पहिलो पाइला हो । 
आइज्याक डिजरायली 
१०, जसले जानेको छु भन्छ उसले जानेको हुँदैन तर जसले जानेको छैन भन्छ उसले भने जानेको हुन्छ । 
उपनिषद् दर्शन
११, भूत र भविष्यको बारेमा भुल्नुहुँदैन । अन्यथा वास्तविक भविष्यबाट हराइरहेका हुन्छौँ । त्यसैले प्रगति गर्ने हो भने वर्तमानलाई नै सदुपयोग गर्ने प्रयास गर्नुपर्छ । 
विन्स्टन चर्चिल  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप