बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

बिहीबार, १९ जेठ २०७९, १६ : १५
बिहीबार, १९ जेठ २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताए ।

उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ । त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित निर्वाचित भएका छन् ।

बाँकी रहेको स्थानमा समेत भोलिसम्ममा निर्वाचन गरिसकिने उहाँको भनाइ थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन् । वैशाख ३० गते भएको निर्वाचनबाट जिल्लामा नेकपा (एमाले)बाट सात प्रमुख, उपप्रमुख ११, नेपाली काँग्रेस छ प्रमुख, तीन उपप्रमुख र राप्रपाबाट दुई प्रमुख र एक उपप्रमुख निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको नेतृत्व बनाउन झापामा एमाले एक्लैको बहुमत पुग्ने निर्वाचितहरुको तथ्याङ्कले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप