शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काखी किन गन्हाउँछ ? यस्तो छ यसको विज्ञान

शुक्रबार, २० जेठ २०७९, १० : ४५
शुक्रबार, २० जेठ २०७९

यदि तपाईं पनि पसिनाको दुर्गन्धले आजित हुनुहुन्छ भने सबैभन्दा पहिला यसको कारण थाहा पाउनुहोस् र त्यसपछि यसको निवारण । सुन्दा अचम्म लाग्ला जुन पसिनाको दुर्गन्धले तपाईंलाई तनाव दिइरहेको छ, त्यो वास्तवमा गन्ध हीन हुन्छ । त्यसो भए पसिनाबाट दुर्गन्ध किन आउँछ, आज यसबारे जान्ने कोसिस गरौँ ।

छाला मुनी हुने एक विशेष ग्रन्थीबाट निस्कने तैलीय श्रावका कारण दुर्गन्ध महसुस हुन्छ । यी ग्रन्थी धेरैजसो काखी मुनी हुने गर्छन् र कहिलेकाँही निकै सक्रिय हुने गर्छन् ।

पसिनाबाट दुर्गन्ध किन आउँछ ?

हाम्रो शरीरको धेरैजसो भागलाई पसिनाको विशेष ग्रन्थीले कभर गर्छ जसलाई एक्रिन स्वेट ग्ल्यान्ड  भनिन्छ । यसमार्फत् पानीको श्राव हुन्छ जुन गन्धहीन हुन्छ । हाम्रो शरीरका अन्य खालका स्वेट ग्ल्यान्ड पनि हुन्छ जसलाई एपोक्राइन स्वेट ग्ल्याण्ड भनिन्छ । यी ग्रन्थी धेरै रौँ भएका स्थानमा हुन्छन् । यसबाट एक तैलीय तत्व निस्कन्छ । धेरै तनाव, भय, चिन्ता, पीडा र यौन उत्तेजनामा यो ग्रन्थी थप बढी सक्रिय हुने गर्छन् ।

यी ग्रन्थीबाट निस्कने तैलीय श्रावमा गन्ध हुँदैन तर यी हाम्रो छालामा रहने ब्याक्टेरियाको भोजन हो । ब्याक्टेरियाले यो पसिनालाई फ्याटी एसिडमा परिवर्तन गर्ने गर्छ र यस्तो कम्पाउन्ड बन्ने गर्छ जसका कारण गन्ध आउँछ ।

वंशानुगत पनि हुनसक्छ

हामीबाट कस्तो गन्ध आउँछ यसमा जेनेटिक्सको मुख्य भूमिका हुनेगर्छ । हाम्रो एपोक्राइन ग्रन्थी भावना, विचार र जीवनशैलीमा प्रतिक्रिया दिने भएकोले यसले गन्धलाई प्रभावित गर्नसक्छ । जस्तै केही विशेष खालका खाना जस्तै रातो मासुले गन्धलाई परिवर्तन गर्न सक्छ । पुरुष र महिला दुबैका काखीका रौँ पनि दुर्गन्धको कारण बन्ने गर्छ ।

एपोक्राइन स्वेट ग्ल्यान्ड साधारणतया युवावस्थासम्म सक्रिय हुँदैन । त्यसैले जब हामी साना हुन्छौँ, तब पसिनाबाट दुर्गन्ध आउँदैन । हर्मोन बन्नुका साथै यो गन्ध पनि परिवर्तन हुने गर्छ ।

गन्धबाट छुटकारा कसरी पाउने ?

दैनिक नुहाउँदा गन्ध कम हुन्छ । एन्टिपर्सपिरेन्ट्सले ग्रन्थीबाट निस्कने पसिनाको मात्रालाई कम गर्छ । यस्तो एल्मुनियम जस्तो सामग्रीका कारण हुने गर्छ जसले ग्रन्थीमा अस्थायी रुपमा बाधा पार्ने काम गर्छ । डिओडोरेन्ट्सले पनि गन्धलाई दबाउने गर्छ । यसमा धेरैजसो अल्कोहल हुन्छ जसले छालालाई थोरै एसिडिक बनाएर काखीबाट ब्याक्टेरियालाई हटाउने काम गर्छ । यसका साथै सुतीको कपडा लगाउँदा पसिना कम आउँछ जसका कारण दुर्गन्ध पनि कम हुन्छ । आफ्नो कपडालाई सफा राख्नुहोस्, जीवनबाट तनावलाई मुक्त गर्नुहोस् र क्याफिनको सेवन कम गर्नुहोस् किनभने क्याफिन वा केही औषधीले पनि पसिनालाई बढाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप