पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु
शनिबार, २१ जेठ २०७९, १४ : ३९
बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ । हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो ।
धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण