‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।
सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्ने, नेपाल निजामती कर्मचारी युनियनले दिएको सुझावअनुरुप सबै सेवा समूहका सम्पूर्ण कर्मचारीको भावनाको कदर गरी प्रदेश निजामती सेवा ऐन जारी गराउन दबाबमूलक अभियान सञ्चालन गरिने, सबै सेवा समूहका कर्मचारीलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रीय प्रणाली व्यवस्था गर्नुपर्ने, कर्मचारी स्वेच्छिक अवकाश योजना पुनःकार्यान्वयमा ल्याउनुपर्ने, विनाधितो नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शून्य प्रतिशत ब्याजदरमा रु ५० लाखसम्मको सहुलियत ऋणको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई न्यूनतमरुपमा मर्यादित जीवन निर्वाह गर्न पुग्नेगरी तलबभत्ताको व्यवस्था गर्नुपर्ने तथा तलब भत्ता स्वचालित रुपमा वृद्धि हुने प्रणाली ऐनमा नै उल्लेख हुनुपर्ने जस्ता बुँदा घोषणापत्रमा उल्लेख छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा