शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइरोइडका कारण तौल घटिरहेको छैन ? यी तरिकाले नियन्त्रण गर्नुहोस्

सोमबार, २३ जेठ २०७९, १० : ४५
सोमबार, २३ जेठ २०७९

थाइरोइड एक पुतली आकारको एउटा ग्रन्थी हो जुन घाँटीको अगाडिको भागमा अर्थात् कलर बोन नजिकै हुन्छ । थाइरोइडको सबैभन्दा साधारण कारण अटोइम्युन थाइरोइड रोग (एआइटीडी) हो । थाइरोइडका बिरामीमा तौल सम्बन्धि निकै समस्या देखिने गर्छ । तौल बढ्नु थाइरोइड हर्मोन कम हुनुको संकेत हो जसलाई हाइपोथायरायडिजम भनिन्छ र यस्तै यदि थाइरोइडले शरीरमा निकै धेरै हर्मोन बनाउँछ भने तौल असाध्यै कम हुन थाल्छ । यसलाई हाइपरथाइरायडिजम भनिन्छ ।

हाइपरथाइरायडिजमको स्थितिमा मेटाबोलिजम सुस्त हुन्छ र यस्तो स्थितिको सामना गरिरहेका मानिसहरुले तौल कम गर्नका लागि निकै मेहेनत गर्नुपर्ने हुन्छ । शोधका अनुसार पुरुषको तुलनामा महिलामा थाइरोइडको खतरा १० गुणा बढी हुन्छ । यदि तपाईं पनि थाइरोइडका कारण बढेको तौललाई कम गर्न चाहनुहुन्छ भने तल उल्लेखित तरिका अपनाउन सक्नुहुनछ ।

१. सिम्पल कार्ब्स र चिनी नखानुहोस्

स्यान डियागोमा प्राइम वेलनेस क्लिनिकका निर्देशक तथा हर्मोन डिसअर्डर विशेषज्ञ केली अस्टिनका अनुसार थाइरोइडद्वारा ग्रसित व्यक्तिहरुले सिम्पल कार्ब्स र  चिनी खानु हुँदैन । उनीहरुले कम्प्लेक्स कार्ब्स जस्तै स्टार्ची भेजिटेबल, दाल–गेडागुडी इत्यादिको सेवन गर्नुपर्छ र गुलियो खानेकुरा खानै हुँदैन ।

ओरेगन स्टेट युनिभर्सिटीका अनुसार हाई ग्लाइसेमिक इन्डेक्सयुक्त खाद्य पदार्थ (जस्तै साधारण कार्ब्स र चिनीयुक्त खानेकुरा) ले शरीरमा सुजन बढाउन सक्छ । लामो समयसम्म सुन्निरहँदा शरीर फुलेको जस्तो देखिनेछ र तौल पनि कम हुने छैन ।

२. सुजन कम गर्ने खानेकुरा खानुहोस्ः

सुजन कम गर्ने खानेकुराले जोर्नी दुखाईका कम गर्नुका साथै सुन्निने समस्यालाई कम गर्न मद्दत मिल्छ । साथै एन्टी इन्फ्लेमेटरी फुड्सले इम्युन सिस्टमलाई ठिक राख्न मद्दत गर्छ ।

म्यान्चेस्टरमा न्यु हेम्पशायरमा हेल्थ स्ट्रङ्ग इन्टिग्रेटिव मेडिसिनकी मेडिकल निर्देशक टिना ब्युडाइनका अनुसार एन्टी इन्फ्लेमेटरी डाइटले प्रतिरोधी क्षमता र शरीर सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ त्यसैले एन्टी इन्फ्लेमेटरीको रुपमा पत्तेदार हरियो सागसब्जी, गोलभेडा, फ्याटी–माछा, डाइफ्रुट्स, फल र ओलिभ ओइलको सेवन गर्नसक्छ ।

३. थोरै र बारम्बार खाना खानुहोस्

थाइरोइडद्वारा ग्रसित व्यक्तिले तौल कम गर्नका लागि थोरै खाना बारम्बार खाइरहनुपर्छ । यदि थोरै खाना खाइरहनु भएको छ भने हरेक ३–४ घण्टामा खानुहोस् । खानामा प्रोटिन, हेल्दी फ्याट र कम्पलेक्स कार्बयुक्त खानेकुरा खानुहोस् । यसले ब्लड सुगरलाई ब्यालेन्स गरेर तौल कम गर्न पनि मद्दत गर्नेछ ।

४. फुड डायरी तयार गर्नुहोस्ः

तपाईंले जे जति खानुभएको छ, त्यसलाई डायरीमा टिप्नुहोस् । यसले तपाईंलाई सन्तुलित आहार सेवनमा मद्दत गर्नेछ । यदि कोही हाइपोथायरायडिजमको बिरामी हुन् भने उनीहरुले फूड जर्नल बनाउँदा उनीहरुले कति प्रोटिन, फ्याट र कार्ब्स खायो भन्ने थाहा हुन्छ । खानामा सधैँ हेल्दी फ्याट बढी, थोरै प्रोटिन र निकै कम कार्बोहाइड्रेटको सेवन गर्नुहोस् ।

५. शारीरिक क्रियाकलाप बढाउनुहोस्ः

स्वस्थ खानाका साथै व्यायाम गर्दा अतिरिक्त क्यालोरी बर्न गर्न मद्दत मिल्नसक्छ । जसलाई हाइपोथायरायडिजमको समस्या छ, उनीहरुलाई तौल कम गर्न निकै मद्दत मिल्न सक्छ । यदि यो समस्याबाट ग्रसित कुनै व्यक्तिले राम्रो डाइट लिइरहेका छन् र व्यायाम गरिरहेका छन् भने उनीहरुलाई थाइराइडमा निकै मद्दत मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप