भारतीय अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक, मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना
भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएका कारण उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ ।
यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै पनि आधिकारिक जानकारी दिइएको भने छैन । उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ ।
अघिल्लो महिना पनि भर्ना भएका थिए
अघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए । यसमा उनले थोरै लापरवाहीका कारण समस्या देखिएको बताएका थिए । अब एकपटक पुनः ८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिएको छ । धर्मेन्द्रले करण जोहरको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । धर्मेन्द्रले अघिल्लो महिना बिरामी भएर निको भएपछि सुटिङ सुरु गरेका थिए । तर अहिले भने उनको स्थिति नाजुक बताइएको छ ।
‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए
एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए । यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । केही दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसबारे अभिनेता आफैँले सोसल मिडियामार्फत् जानकारी दिएका थिए ।