शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक पारित गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई लोसपाको ज्ञापनपत्र

मङ्गलबार, २४ जेठ २०७९, ११ : १२
मङ्गलबार, २४ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले एक ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज बिहान लोसपाले बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हो । 

पार्टीले उठाउँदै आएका माग, मुद्दा सम्बोधन गर्नुपर्ने, नागरिकता विधेयक संसदबाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषय ज्ञापनपत्र समावेश छ । 

लोसपाले आफ्ना मागहरु पूरा गर्ने शर्तमा सरकारमा सहभागी हुन सकिने  बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप