शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई स्वस्थ राख्न यी सुपरफुड आहारमा समावेश गर्नुहोस्

मङ्गलबार, २४ जेठ २०७९, १४ : ३५
मङ्गलबार, २४ जेठ २०७९

आजको बदलिँदो जीवनशैलीमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी छ । आजको समयमा बालबालिकालाई स्वस्थकर खानाभन्दा जङ्कफुड खान मनपर्छ । तर यस्ता जङ्कफुडले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । जसले गर्दा बालबालिकाको शारीरिक र मानसिक विकासमा प्रतिकूल असर परेको छ । जङ्कफुड वा बाहिरको खाना खाने बालबालिकाको रोग

प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसका कारण बालबालिकाले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । बालबालिकालाई सधैं स्वस्थ राख्न केही सुपरफुडहरू उनीहरूको आहारमा समावेश गर्नुपर्छ । यसबारे जानकारी लिऔँ ।

बच्चाहरूलाई स्वस्थ राख्ने सुपरफुड

१. केरा

केराले बालबालिकालाई स्वस्थ राख्न निकै सहयोग गर्छ । केरा बच्चाहरूको लागि सुपरफुडहरू मध्ये एक हो । केरा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण हुन्छ, जसले बच्चाहरूलाई तत्काल ऊर्जा दिन्छ । यसका साथै केराले बच्चाको पेट र पाचन दुवै राम्रो बनाउँछ । त्यसैले बालबालिकालाई दैनिक एउटा केरा खुवाउनुपर्छ ।

२. दाल

बालबालिकालाई स्वस्थ राख्न दाल निकै फाइदाजनक मानिन्छ । दालमा कार्बोहाइड्रेट र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यसले बालबालिकामा दिगो उर्जा कायम राख्न मद्दत गर्छ । दालको सेवनले बच्चाको स्वास्थ्य र मस्तिष्कको क्षमता बढाउन धेरै मद्दत गर्छ ।

३. दुध

बालबालिकालाई स्वस्थ राख्न दुध निकै फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम र भिटामिन प्रचुर मात्रामा पाइन्छ, जसले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले बालबालिकाको हड्डी, नङ र दाँतलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

४. ड्राइ फ्रुट्स

बालबालिकालाई स्वस्थ राख्न ड्राइ फ्रुट निकै फाइदाजनक मानिन्छ । किनभने ड्राई फ्रुट्स धेरै पौष्टिक गुणले भरिपूर्ण हुन्छ । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा फाइदा पुर्याउँछ । ड्राई फ्रुट खाँदा बालबालिकालाई ऊर्जा मिल्छ र बालबालिका धेरैजसो स्वस्थ रहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप