शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मानिसको ओठ किन रातो हुन्छ ?

बुधबार, २५ जेठ २०७९, १३ : ४४
बुधबार, २५ जेठ २०७९

तपाईंको ओठ रातो वा त्यससँग मिल्दोजुल्दो रङको किन हुन्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? हामी हरेक दिन ओठको उपयोग गर्छौँ । भिन्न भिन्न कामका लागि । यो यति नाजुक किन हुन्छ ? यो किन सुक्न थाल्छन् ? यो किन फुट्छन् ? मानिसको विकास त्यसरी किन भयो कि उनीहरुको ओठ बने जबकी पंक्षी, कछुवालगायतका जीव–जन्तुको किन बनेनन् ?

बेलायतस्थित लोबोरो युनिभिर्सिटीमा ह्युमन बायोलोजीका प्राध्यापक नोएल क्यामरनले ओठको सबैभन्दा बढी उपयोग खाना खान, सास फेर्न र बोल्न मद्दत गर्नु हो । यो निकै संवेदनशील र नाजुक हुन्छन् । जमाइका अस्पतालका अनुसार ओठभित्र १० लाख सुक्ष्म नलीको अन्त्य जोडिएको हुन्छ । त्यसैले यो छुँदा सक्रिय हुन्छन् । तापक्रम र ह्युमिडिटी फेरिँदा यो सुक्न थाल्छ ।

नोएल क्यामरनका अनुसार ओठको छालाले अनुहारको बाहिरी छाला र मुखको आन्तरिक म्युकस मेम्ब्रेनको बीच पुलको काम गर्ने गर्छ । म्युकस मेम्ब्रेन दिमागको सेन्सरी करटेक्सको एउटा ठूलो हिस्सा हो । त्यसैले यो निकै संवेदनशील हुन्छ । यसैकारण ओठ आफ्नो र आसपासका मांसपेशीलाई भिन्न–भिन्न तरिकाले हल्लाउन सक्षम हुन्छ ।

क्यामरनका अनुसार ओठलाई माथितिर लैजानका लागि पाँच मांसपेशीले काम गर्छन् जबकी तलतिर लैजानका लागि चार मांसपेशीले काम गर्छन् । यसै चालका कारण मानिस बोल्न सक्छ । यहाँसम्म कि मानिस जब स्वर वर्ण उच्चारण गर्छन् तब उनीहरुको ओठको हलचल यसैगरी हुन्छ । वा केही व्यञ्जन वर्ण उच्चारण गर्दा पनि ।

जस्तै पी अक्षर लाग्ने शब्द उच्चारणका लागि तपाईंले दुईवटै ओठ हल्लाउन आवश्यक छ । जबकी एफ अक्षरबाट सुरु हुने शब्द उच्चारणका लागि ओठ र दाँतको प्रयोग गर्नुपर्छ । नोएल क्यामर भन्छन्, ‘ओठ नहल्लाई कुरा गर्नु तपाईंका लागि असाध्यै मुश्किल हुनेछ । तपाईं केही अक्षर र शब्द त उच्चारण पनि गर्न सक्नुहुन्नँ ।’

एम, डब्ल्यू वा बी अक्षरलाई ओठ नहल्लाइकन बोल्ने कोसिस गर्नुहोस् त । यी अक्षरलाई ओठ नहल्लाइकन बोल्न असम्भव छ । धेरै प्रयास गर्दा तपाईंले बोल्न त सक्नुहोला तर उच्चारण गलत हुनेछ । तर अब प्रश्न यो उठ्छ कि ओठ किन यस्तो देखिन्छ ? रातो र त्यसैको परिवारको रङजस्तो किन देखिन्छ ? विशेषगरी जब यसको तुलना अनुहारमा भएका अन्य अंगसँग गरिन्छ ।

ओठको छाला कोसिकाका तीनदेखि पाँच पत्रबाट बनेको हुन्छ । यो शरीरको छालाभन्दा पातलो हुन्छ । अनुहारको छालाभन्दा त धेरै नै पातलो किनभने अनुहारको छालामा कोसिकाका १६ पत्र बनेका हुन्छन् । ओठको छाला हल्का रङको हुन्छ । यसमा मिलेनोसाइट्सको संख्या कम हुन्छ । मिलेनोसाइट्समा मिलेनिन पिगमेन्ट्स हुन्छन्, जसले छालालाई रङ प्रदान गर्छन् । यसकौ कारण छालाले रातो वा गुलाबी रङ पाउँछ ।

नोएल क्यामरनका अनुसार अलि कालो वर्ण भएका व्यक्तिहरुको ओठ त्यति धेरै रातो देखिँदैन किनभने छालाको ओठमा धेरै मेलानिन हुन्छ, त्यसैले पनि उनीहरुका ओठ कालो देखिन्छ ।

 ओठको छाला हल्का हुन्छ त्यसैले त्यसको पिगमेन्टेशन बढी देखिन्छ । त्यो रातो रङको देखिन्छ । यसको एउटा ठूलो कारण के पनि हो भने हल्का छालाको पछाडि लाखौँ रगतका नली हुन्छन् जुन रातो रङको हुन्छ । त्यसले पनि ओठलाई रातो देखाउँछ ।

ओठ र अनुहारका अन्य अंगबीच केही भिन्नता भएको क्यामरन औँल्याउँछन् ।

उनी भन्छन्, ‘ओठको छाला निकै हल्का, रौँ बिनाका र पसिना ननिस्कने ग्रन्थीको हुन्छ । त्यसैले यो बढी नाजुक, छिट्टै सुक्ने र फुट्ने खालका हुन्छन् । यसको माथि शरीरका अन्य छालामा झैँ पसिना र तेलको ग्रन्थी हुँदैनन् । जसले छालालाई चिल्लो बनाउन सहयोग गर्छ, प्याथोजेन्सलाई टाढा राखोस्, तापक्रमलाई सन्तुलित बनाओस् । त्यसैले ओठ छिट्टै सुक्छ र छिटो सुक्छ ।’

ओठबाहेक हत्केला र पैतालामा पनि रौँ उम्रिदैनन् किनभने यसले यी बिना नै बढी सक्षम तरिकाले काम गर्छन् । ओठ बोल्न, खान र सास लिनका लागि प्रयोग त हुन्छ, यो सबैभन्दा बढी चुम्बन गर्नमा प्रयोग गरिन्छ । ओठ शरीरको उत्तेजक अंगमध्ये एक हो । यसका लागि मानिस एक–अर्काप्रति आकर्षित हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप