बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने,  यस्तो छ कार्यसूची

बिहीबार, २६ जेठ २०७९, ०५ : ५६
बिहीबार, २६ जेठ २०७९

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । 

बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप