मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

बिहीबार, २६ जेठ २०७९, ०७ : ३१
बिहीबार, २६ जेठ २०७९

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ । 

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रयाटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप