ललितपुरमा पानी जहाज ! तस्बिरहरु हेर्नुहोस्
बिहीबार, २६ जेठ २०७९, १३ : २१
बिहीबार ललितपुरको सानेपास्थित कालोपुल मुनि जमेको पानीमा मालबाहक गाडी फस्यो । पुलमुनि जमेको पानी पार गरेर अघि बढ्न खोज्दा उक्त गाडी एक्कासि फसेको हो । फसेको गाडीलाई निकाल्न निकै हम्मे–हम्मे पर्यो ।
प्रहरीको सहयोगमा करिब ९० मिनेटपछि क्रेनको सहायतामा फसेको उक्त गाडी निकालिएको छ । गाडी फसेको दृष्यलाई सर्वसाधारणले सामाजिक सञ्जालमा नेपालको ‘पानी जहाज’ भन्दै व्यङ्ग्य समेत गर्न भ्याए । वर्षा लागेसँगै उपत्यकामा गाडी फसेका यस्ता दृष्य देखिने गर्छन् । राम्रोसँग नबनाइएको सडक, अव्यवस्थित ढल निकास, बढ्दो सवारी चापका कारण उपत्यकामा यो खालका समस्या दिनानुदिन बढ्दै गएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण