शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने (विवाहका तस्बिरसहित)

बिहीबार, २६ जेठ २०७९, १४ : २०
बिहीबार, २६ जेठ २०७९

भारतको गुजरातमा अचम्मको विवाह भयो । उक्त विवाहमा मण्डप सजाइएको थियो, जन्ती पनि थिए तर दुलहा र पण्डित भने थिएनन् । २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँसँग विवाह गरेकी छिन् । बिन्दुले ११ जुनमा विवाह गर्ने घोषणा गरेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरेकी छिन् ।

कसैले घरमा आएर विवाद निम्त्यायो भन्ने हो कि भन्ने चिन्ताले उनले तोकिएको समय अघि नै विवाह गरेको क्षमाले बताएकी छिन् । उनले आफ्नो विशेष दिनलाई बर्बाद पार्न नचाहेको बताइन् । उक्त विवाहमा उनका विशेष साथीहरुको उपस्थिति थियो ।

यो विवाहका बेला मेहन्दी र हल्दी पनि भयो । क्षमाले अग्नीलाई साक्षी राखेर सातपटक घुमिन् पनि । यो विवाहमा दुलहा थिएनन् न नै पण्डित । यो यस्तो खालको पहिलो विवाह भएको बताइएको छ ।

 विवाहमा क्षमा बिन्दुले रातो रङको साडी लगाएकी थिइन् र हातमा मेहन्दी र सिउँदोमा सिन्दुर पनि भरेकी थिइन् । क्षमाले सुरुमा मन्दिरमा विवाह गर्ने निर्णय गरेकी थिइन् तर बिजेपीको विरोध पछि उनले घरमा नै विवाह गर्ने निर्णय गरिन् । त्यसपछि पण्डितले पनि उनको विवाह गर्न अस्वीकार गरिदिए । त्यसपछि क्षमाले मन्त्रको क्यासेट बजाएर विवाह गर्ने निर्णय गरिन् ।

 क्षमाले अब आफू हनिमुनका लागि गोवा जाने बताएकी छिन् । यो विवाहमा उनका आमा–बुवा असाध्यै खुसी छन् । उनीहरुले छोरीलाई आशीर्वाद पनि दिएका छन् । क्षमाको सोलो म्यारिजको फोटो सोसल मिडियामा मज्जाले भाइरल भइरहेका छन् ।

क्षमाको इन्स्टाग्राममा २५ हजारभन्दा बढी फलोअर्स छन् । क्षमाले आफू कहिल्यै विवाह गर्न नचाहेको तर प्रेमिका भने भइरहन चाहेको बताएकी थिइन् । त्यसैले पनि उनले आफैँसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । यसबारे उनले भनेकी छिन्, ‘म देशमा आत्म–प्रेमको एक उदाहरण स्थापित गर्ने पहिलो महिला हुँ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप