ad
x

पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

person explore access_timeजेठ २६, २०७९ chat_bubble_outline0

पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।


सङ्घको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ । पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्ने भएका छन् ।  शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार छन् ।



त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् ।

यता मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा छन् । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । निर्वाचन कार्यक्रमअनुसार शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने सङ्घले जनाएको छ ।

निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरूले व्यवसायी सरोकारवालासँग छलफल गरिरहेका छन् । निमानुरु शेर्पा समूहबाट महासचिवका प्रत्यासी मोहन लम्सालले सबै हिसाबले उपयुक्त समूह भएकाले जित सुनिश्चित रहेको दाबी गरे । उनले मतदाता व्यवसायीसँग निरन्तर छलफलमा जुटिरहेको जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।