शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

बिहीबार, २६ जेठ २०७९, १६ : २२
बिहीबार, २६ जेठ २०७९

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण  दिएको छ ।

पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा एमालेले प्रशिक्षण दिएको हो ।

बुढानिलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौंका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको अध्यक्ष निरौलाले बताए ।

तालिममा काठमाडौं जिल्लाअन्तर्गत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटीका तोकिएका पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिममा कृष्ण राई, विन्दा पाण्डे, मिलन धरेल, रामशरण प्याकुरेल, कमान सिंह, रामप्रसाद भट्टराई, ज्ञानमाया डंगोल , सरिता न्यौपाने लक्ष्मी सापकोटा लगायतले प्रशिक्षण दिए । पार्टी स्कुल विभागअन्तर्गत उषाकिरण भण्डारीको संयोजकत्वमा तालिम सम्पन्न भएको निरौलाले बताए ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप