शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक १७.६४ अंकले गिरावट

बिहीबार, २६ जेठ २०७९, १६ : ३०
बिहीबार, २६ जेठ २०७९

बुधवार ६० भन्दा बढी अंकले बढेको शेयर बजार बिहीवार भने गिरावट आएको छ । बिहीबार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको छ । बुधवार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बिहीवार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ । जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ । तर यता, सिगटी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ । त्यस्तै, समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४.३० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप