मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १४ अंकको गिरावट, कारोबार ८९ करोड मात्रै !

शुक्रबार, २७ जेठ २०७९, १४ : ३०
शुक्रबार, २७ जेठ २०७९

शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावट भएको छ । अघिल्लो दिन १७ अंकले घट्दै २ हजार ६२ अंकमा झरेको बजार थप १४.६४ अंकले घट्दै आज २ हजार ४८.१६ अंकमा झरेको हो । 

उसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज १४ अंकले घटेको बजारमा अनपेक्षित रुपमा कारोबारमा समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३० लाख ४५ हजार कित्ता सेयर बजारमा १८ हजार पटक किन बेच हुँदा जम्मा ८९ करोड ४१ लाख १२ हजार रुपैयाँको मात्र कारोबार भएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.०२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.३ प्रतिशतले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप