धादिङमा एक युवामाथि आक्रमण, मेयरका अंगरक्षक मुछिए

धादिङमा एक युवामाथि आक्रमण भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित फ्याक्सेका हरि श्रेष्ठमाथि शुक्रबार दिउँसो आक्रमण भएको हो । श्रेष्ठले आफूमाथि नवनिर्वाचित मेयर भीम ढुंगानाका अंगरक्षक दिनेश थापा मगरले व्यस्त बजारमै आक्रमण गरेको आरोप लगाएका छन् ।
धारिलो हतियार प्रहारबाट घाइते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइरहेको छ । पुरानो रिसिइबि साँध्न ढुंगानाको अंगरक्षकले आफूमाथि आक्रमण गरेको श्रेष्ठले आरोप लगाए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन फ्याक्सेमा ढुंगानामाथि स्थानीय केही युवाले हातपात गरेको र त्यसको बदलामा ढुंगानाकै इसारामा आफूमाथि आक्रमण भएको श्रेष्ठले बताए ।
यसबारेमा प्रतिक्रिया लिन ढुंगानालाई सम्पर्क गर्दा भने सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय धादिङले घटना भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने