सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट
बिहीबार, २१ मङ्सिर २०७४, १९ : ३१
सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी बम बिस्फोट भएको छ ।
सडक भन्दा केही पर बम बिस्फोट भएपनि कुनै क्षति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातोपाटीलाई जानकारी दिए ।
उनले मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै सुरक्षित रहेको बताएका छन् । साँझ मतदान केन्द्रबाट मतपेटिका बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ लैजाने क्रममा क्यान्सिर भन्ने ठाँउमा बम बिस्फोट भएको हो ।
सिन्धुलीमा बिभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको र यो क्रम राती १२ बजे लाग्ने प्रजिअ दाहालले जानकारी दिए ।