मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर

शनिबार, २८ जेठ २०७९, ०९ : ०७
शनिबार, २८ जेठ २०७९

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् ।

विगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगितामा प्रतियोगीहरुलाई उत्कृष्ट तालिम दिई प्रतियोगीहरुको आत्मविश्वास वृद्धि गर्दै श्रेष्ठले प्रतियोगितालाई अर्को तहमा पुर्याएकी छिन ।

सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनि मिस नेपाल वर्ल्ड ९नेपाल बिश्व सुन्दरी०२०१० हुन् । उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिने अन्तिम मिति आगामी जुन २९ तोकिएको छ । आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।

ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ६ ,२०२२ को दिन शनिवारका न्यूयोर्क शहरमा हुनेछ ।

१२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका९उत्तर अमेरिका नेपाल सुन्दरी ०प्रतियोगिताको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप