शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक शिक्षा मुलुकका लागि आजको आवश्यकता : पूर्वराष्ट्रपति डा.यादव

शनिबार, २८ जेठ २०७९, २२ : ०५
शनिबार, २८ जेठ २०७९

पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा  सहयोग पुग्ने धारणा राखे ।

पूर्वराष्ट्रपति डा.यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए  । उनले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान दिनुपर्ने धारणा राखे । पूर्वराष्ट्रपति डा.यादवले प्राविधिक शिक्षा हासिल गरेपछि सिकेको ज्ञान र सीपलाई राष्ट्रको बृहत्तर हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।

सीटीईभीटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । उक्त शिक्षालय तीन बिघा क्षेत्रफलमा रहनुका साथै विभिन्न विधामा ५०० विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप