भूमि आयोगका अध्यक्ष निरौलासहित काँग्रेस चार नेतालाई कारवाही सिफारिस

नेपाली काँग्रेस कानेपोखरीले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ । काँग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरिएको हो ।
उनीहरुलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न भन्दै कानेपोखरी गाउँ कमिटीले जिल्ला कमिटीलाई पत्र पठाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको कांग्रेस कानेपोखरीले ठहर गरेको छ । आफुलाई चुनाव हराउन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका कमिटीमा उजुरी दिएका थिए ।
सोही आधारमा गाउँ कमिटीले अनुगमन गर्दा उनीहरुले अन्तर्घात गरेको निष्कर्ष निकालेको हो । ‘चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘चारै जनालाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने