शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शैक्षिक सत्र सुरू भएको एक महिनापछि मुगुमा आइपुगे पाठ्यपुस्तक

आइतबार, २९ जेठ २०७९, १४ : ३२
आइतबार, २९ जेठ २०७९

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो । यद्यपि, अझै सबै कक्षाको पुस्तक आएको छैन । 

शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।  

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेको जनाएको छ । कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएको छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।   

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आइपुग्नेछन् । भामका अनुसार गत वर्षको तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियो । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप