शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीले बजेटबारे जवाफ दिने

आइतबार, २९ जेठ २०७९, १९ : ५९
आइतबार, २९ जेठ २०७९

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप