शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी सैनिक जनरल पाँचखालदेखि शिवपुरीसम्म (तस्बिरहरु)

आइतबार, २९ जेठ २०७९, २२ : ५५
आइतबार, २९ जेठ २०७९

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन पाँचखाल स्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा पुगेका छन् । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका फ्लिनले आइतबार पाँचखाल र शिवपुरी भ्रमण गरेका हुन् । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।

सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । अमेरिक सैनिक जनरललाई  तालिम केन्द्रको वस्तुस्थितिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका छन् । सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उनले वृक्षारोपण गरेका छन् । शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भने–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरु मध्ये रहेको छ ।’ उनी आइतबार नै स्वदेश फर्किँएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप