शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १५ अंकको गिरावट, कारोबार ९९ करोडमा सीमित

सोमबार, ३० जेठ २०७९, १६ : ००
सोमबार, ३० जेठ २०७९

सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा झरेको हो । 

उसो त साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम समेत ९९ करोडमा सीमित हुन पुगेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज कुल ९९ करोड ८६ लाख ७४ लाख रुपैयाँमा सीमित भएको हो । 

आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी इनभेष्टमेन्ट समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूहको ०.१ प्रतिशतले मात्र घटेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मनास्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप