आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।
एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान परिषदले अनुसन्धान गरेर सिफारिस गरेपछि वैज्ञानिकहरुका सुझावका आधारमा भारत सरकारसँग पत्राचार गरी उक्त मल भित्र्याइएको उनले बताए । भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउनेछ । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट टेन्डर भएका मल पनि उपलब्ध हुने उनले बताए । ५२ हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेको र १४ हजार मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी