शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एनआरएनएका अध्यक्ष कुँवरबीच भेटवार्ता

मङ्गलबार, ३१ जेठ २०७९, १३ : ५३
मङ्गलबार, ३१ जेठ २०७९

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले भेटवार्ता गरेका छन् । मंगलबार विहान भएको भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

भेटको क्रममा अध्यक्ष कुँवरले एनआरएनएको विवाद र समाधानको विषयमा जानकारी गराएका थिए । सरकारले ल्याएको बजेटमा एनआरएनएले उठाउँदै आएका केही विषयको सम्बोधन गर्न पहल गरेको भन्दै कुँवरले प्रचण्डलाई धन्यवाद दिए ।

त्यसैगरी कुँवरले काठमाडौँ, भरतपुर महानगर लगायतका क्षेत्रको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गरेर मोहरमा परिणत गर्न सकिने बताएका थिए । त्यसमा कोरियन प्रविधि भित्र्याएर फोहोरको व्यवस्थापन गर्न आफू तयार रहेको बताउँदै कुँवरले त्यसको लागि सहजीकरण गरिदिन प्रचण्डसँग आग्रह समेत गरेका थिए । कुँवर लामो समयदेखि कोरियामा विभिन्न व्यवसाय गर्दै पनि आइरहेका छन् ।
जवाफमा अध्यक्ष प्रचण्डले एनआरएनए विवाद सम्मानजनक अवस्था सिर्जना गरी समाधान गर्नुपर्नेमा आफू र आफ्नो पार्टीको धारणा रहेको जानकारी गराएका थिए । प्रचण्डले विवाद समाधानको लागि आफूले सरकार तथा परराष्ट्र

मन्त्रालयसँग पहल गर्ने वचन समेत दिएको भेटपछि कुँवरले जानकारी दिए ।

नीति तथा कार्यक्रम र बजेटले एनआरएनएलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न र काठमाडौँ, भरतपुरलगायतका क्षेत्रको फोहोरले हैरानी भएको भन्दै प्रचण्डले यसमा कोरियन अनुभव र प्रविधि भित्र्याउन प्रचण्डले आग्रह गरेको कुँवरले जानकारी दिए । उनले भरतपुर महानगरसँग कोरियन कम्पनीले यसअघि सम्झौता जानकारी गराउँदै त्यसलाई सहजीकरण गरिदिन समेत प्रचण्डले कुँवरसँग आग्रह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप