मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन ३६ अंकले घट्यो नेप्से, परिसूचक १९ सय अंकमा आइपुग्यो

परिसूचक उच्च अंकले घट्दा ९ कम्पनीको सेयर मात्रै बढ्यो
मङ्गलबार, ३१ जेठ २०७९, १५ : १३
मङ्गलबार, ३१ जेठ २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।

परिसूचक उच्च अंकले घटेको दिन आज कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको बताइएको छ । आज बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप