प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश
बुधबार, ०१ असार २०७९, १२ : ५१

प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् ।
कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सहज वातावरण निर्माण गराउन, मेडिकल शिक्षा अध्ययनका लागि बढि शुल्क असुली गर्ने कलेजहरुलाई कारबाही गर्न सरकारलाई सचेत गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय