शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविवाहित आमाका छोरा हुन् जस्टिन बीबर, १५ वर्षको उमेरमा एउटा घटनाले बनाइदियो सुपरस्टार

बुधबार, ०१ असार २०७९, २२ : १५
बुधबार, ०१ असार २०७९

हलिउडका चर्चित गायक जस्टिन बीबर यतिबेला आफ्नो रोगका कारण चर्चामा आएका छन् । उनलाई रामसे हन्ट सिन्ड्रोम नामको रोगले जकडेको छ । यो रोगले जस्टिनको अनुहारलाई प्रभावित तुल्याएको छ र उनको आधा अनुहारमा प्यारालाइसिस भएको छ । यस्तो स्थितिमा पनि उनी रत्तिभर आत्तिएनन् । उनी छिट्टै निको हुने कुरामा आशावादी छन् ।

एकल आमा, आर्थिक समस्याबीच हुर्किएका जस्टिनलाई बाल्यकालदेखि नै गाउने शौख थियो । उनको यही शौखले उनलाई विश्वमाझ परिचित तुल्यायो । आज उनी निकै कम उमेरमा करोडौँ सम्पत्तिका मालिक हुन् । उनीबारे थप जानकारी यस्तो छः

जस्टिनको जन्म मार्च १ सन् १९९४ मा भएको थियो । उनकी आमाको नाम प्याटी म्यालेट र पिताको नाम जेरेमी ज्याक बीबर हो । आज जस्टिन आफ्ना पितासँगको सम्पर्कमा भएता पनि उनलाई आमा एक्लैले हुर्काएकी थिइन् । जस्टिनकी आमा विवाह नगरीकनै गर्भवती भएकी थिइन् र उनले प्रेग्नेन्सी होममा बसेर जस्टिनलाई जन्माएकी थिइन् ।

प्याटी म्यालेटले केही वर्ष अघि आफ्नो किताब ‘नोह्वेर बट अप : द स्टोरी अफ जस्टिन बीबर्स मम’ मा आफ्नो पीडाबारे बयान गरेकी थिइन् । अभिभावकको सम्बन्धविच्छेद, भावनात्मक उथल–पुथल, अध्यात्मतर्फ झुकाव र आत्महत्याको प्रयासबारे उनले सो किताबमा लेखेकी छिन् । 

जब प्याटी गर्भवती भइन् तब उनका आमा–बुवाले पनि उनलाई वास्ता गरेनन् । प्याटीले प्रेगनेन्सी होममा शरण लिइन् । जस्टिनको जन्मपछि जब प्याटीले प्रेग्नेन्सी होमबाट बाहिर आएर आफ्ना लागि स्थान बनाइन्, त्यसपछि मात्र उनका अभिभावकले उनलाई समर्थन गरे । तर प्याटीले आफ्नो धेरैजसो काम एक्लैले गरिन् । उनी आफ्ना छोरालाई राम्रो जीवन दिन चाहन्थिन् ।

 


जस्टिन दुई वर्षको हुँदा प्याटीलाई छोराको सङ्गीतप्रतिको लगावबारे थाहा भयो । यतिबेला प्याटीले सानो–ठूलो सबै काम गरिन् । कमजोर आर्थिक स्थितिमा पनि उनी आफ्नो छोरालाई हरेक सुख दिने कोसिस गरिरहिन् ।

प्याटीले जेरेमीका बच्चालाई जन्माउँदा उनी १८ वर्षकी थिइन् । सन् २००७ मा जस्टिन १२ वर्षका हुँदा स्ट्र्याटफोर्डको एउटा स्थानीय प्रतिस्पर्धामा ‘सो सिक’ बोलको गीत गाएका थिए जसमा उनले दोस्रो स्थान हासिल गरे । प्याटीले यो प्रस्तुतीको भिडियो युट्युबमा हालेकी थिइन् ।

उनले आरएन्डबीको गीतमा छोराले कभर गरेको भिडियो युट्युबमा राख्थिन् । जस्टिनलाई निकै कम उमेरमा नै धेरैले चिनिसकेका थिए । युट्युबमा राखिएको जस्टिनको एउटा भिडियोले उनलाई रातारात स्टार बनाइदियो ।

अमेरिकन रेकर्ड एक्जिक्युटिभ स्कुटर ब्राउन कोही अन्य गायकको युट्युब भिडियो खोजिरहेका थिए, त्यति नै बेला उनले जस्टिनको सन् २००७ को भिडियो देखे । उनलाई जस्टिनको आवाज र उनको गीत मनपर्यो । उनले जस्टिनको खोजी गरे । १३ वर्षीय जस्टिन स्कुटरसँग अटलान्टा गए र उनले डेमो टेप्स रेकर्ड गरे । एक हप्तापछि उनले उसरका लागि गीत गाए ।

यहाँबाटै उनको साङ्गीति करियरले लामो छलाङ मार्यो र उनले ‘वान टाइम’ नामको पहिलो सिंगल निकाल्यो । जुलाई सन् २००९ मा रिलिज भएको एक हप्तामा जस्टिनको गीतले क्यानेडियन हन्ट १०० मा स्थान बनाइसकेको थियो र अमेरिकाको बिलबोर्ड हन्ट १०० मा १७ औँ स्थानमा थियो । सन् २००९ मा उनको सेभेन ट्र्याक इपी माई लर्ड रिलिज गरियो जसले जस्टिनलाई टिन आइडलको रुपमा स्थापित गर्यो । बेबी जस्टिनको यस्तै चर्चित ट्र्याकमध्ये एक हो जुन अहिले पनि सुन्ने गरिन्छ ।

आज जस्टिन करोडौँका मालिक हुन् । बिभर्ली हिल्स, ओन्टोरियो, टोलुका लेकमा उनको सम्पत्ति छ । यी सबै सम्पत्ति ४० मिलियन डलरभन्दा पनि बढी मूल्यको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप