शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ वर्षपछि कन्सर्ट गर्दै गायिका आनी छोइङडोल्मा

बुधबार, ०१ असार २०७९, १४ : १८
बुधबार, ०१ असार २०७९

गायिका आनी छोइङ डोल्माले जावलाखेलमा कन्सर्ट गर्ने भएकी छन् । उनले आगामी जुन २५ अर्थात ११ असारमा  ‘हिल द अर्थ’ नामक सांगीतिक कन्सर्ट गर्न लागेकी हुन् ।

बुधबार राजधानीमा एक कार्यक्रमका बीच उनले कन्सर्टको विभिन्न पक्षबारे जानकारी दिएकी छन् । कन्सर्ट सेन्ट मेरी माविमा आयोजना हुन लागेको हो । ६ वर्षपछि आफूले फेरि कन्सर्ट गर्न लागेको डोल्माले बताइन् । 

‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ’ गायिका डोल्माले भनिन् ‘यस विशेष कार्यक्रम मार्फत् हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ ।’

उनको कन्सर्टमा मनोज सिंह, सञ्जय श्रेष्ठ, गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्ती लगायतको समेतसहभागीता रहनेछ । कार्यक्रममा डोल्माले ‘फूलको आँखा’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन् । कन्सर्टको लागि अनलाइन टिकट इसेवाबाट काट्न मिल्नेछ । कन्सर्टको आम्दानी आगलागी पीडितहरुलाई सहयोग गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप