शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित कोरियाली ब्याण्ड ‘बिटिएस’का सदस्यहरुले अब अलग अलग काम गर्ने

बुधबार, ०१ असार २०७९, १५ : ४९
बुधबार, ०१ असार २०७९

दक्षिण कोरियाको चर्चित बोय ब्याण्ड बीटिएसले सामूहिक प्रोजेक्टबाट ‘ब्रेक’ लिने घोषणा गरेको छ । समूहको वार्षिकोत्सव मनाउन आयोजना गरेको एक डिनर समारोहमा सदस्यहरुले आगामी दिनमा अलग अलग प्रोजेक्ट गर्ने बताए । 

ब्याण्डका सदस्य जिमिनले समूह अहिले ‘जटिल परिस्थिति’बाट गुज्रिरहेको बताउदै भने ,‘ हामीहरु अहिले आफ्नो पहिचान खोज्ने प्रयासमा छौं जुन कठिन र लामो प्रक्रिया हुनेछ ।’ समूहले वर्षेनी तिनको वार्षिकोत्सवलाई फियस्टा डिनर आयोजना गरेर मनाउने गर्छ । टेलिभिजनमा प्रशारण गरिएको डिनरमा यस पटक सदस्यहरुले आफ्नो भविष्यबारे छलफल गरे । 

एक घण्टा लामो सो सम्वाद तिनको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । ​बिटिएस व्याण्ड आरएम, जुङकूक, जिन, जिमिन, सुगा, जे–होप र भी गरी सात सदस्य मिलेर बनेको छ । 

डिनर सम्वादमा समूहका एक सदस्य आरएमले बिटिएसमा रहेर सबैले ठूलो उपलब्धी हासिल गरेको स्वीकार्दै अहिले हरेक सदस्यलाई हुर्किने र परिपक्व हुने समय आएको बताए । 

 


‘के–पप र यसको आइडल प्रणालीले व्यक्तिलाई परिपक्व हुने समय नदिने रहेछ ,’ आरएमले भने । अर्का सदस्य भीले फ्यानहरुलाई बीटीएस सधैंको छुट्टिएको नसम्झिन् आग्रह गरे । उनले आफूहरु पछि पुन समूहको रुपमा एक भएर आउने बताए । 

सन् २०१३ मा डेब्यु गरेको बिटिएस सन् २०२१ मा सबैभन्दा बढि विक्री हुने ब्याण्ड घोषित भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप