शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरामाथि खर्च गरेको रकम फिर्ता पाउनुपर्छ भन्दै बुवाले गरे मुद्दा दर्ता

बुधबार, ०१ असार २०७९, १५ : ५०
बुधबार, ०१ असार २०७९

चीनमा एउटा घटनाले निकै चर्चा बटुलिरहेको छ । यसको चर्चा चीनको सोसल मिडियामा व्यापक भइरहेको छ । एक चिनियाँ व्यक्तिले आफ्ना सौतेनी छोरा हुर्काउँदा लागेको खर्च फिर्ता पाउने माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि मुद्दा दर्ता गरेका हुन् ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिना पछि नै ताङ थर भएका एक व्यक्तिले सौतेनी छोरा लिउलाई अदालतसम्म पुर्याएका छन् । वैवाहिक सम्बन्धमा रहँदा लिउलाई हुर्काउन खर्च भएको रकमको क्षतीपूर्तिसहित ताङले २५,२०० युआन (करिब ५,२८५ डलर) माग गरेका छन् ।

ताङले लिउकी आमालाई सन् २००९ मा विवाह गरेका थिए । त्यतिबेला लिउ १० वर्षका थिए र उनलाई सन् २०२१ सम्म पालनपोषणमा सहयोग गरे । श्रीमतीसँग सम्बन्धविच्छेद भएको तीन महिनापछि ताङले लिउविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

अदालतमा ट्रायल चलिरहँदाको भिडियो चीनको ट्विटरजस्तो सोसल मिडिया प्लेटफर्म विबोमा सार्वजनिक भएको छ । यो भिडियोलाई लाखौँले हेरेका छन् ।

यसमा धेरैले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । कतिले ताङलाई समर्थन गरेका छन् भने कतिले विरोध पनि गरेका छन् ।

सौभाग्वश, अघिल्लो महिना चोङकिङको स्थानीय अदालतले ताङको अनुरोधलाई अस्वीकार गर्यो र उनले क्षतिपूर्ति खोजेको खर्च स्वेच्छिक रुपमा भुक्तान गरिएको फैसला सुनायो ।

‘ताङको यो सबै स्वेच्छिक निर्णय थियो । लिउ १८ वर्षको पुगिसकेका थिए र उनको कलेजको शिक्षाका लागि आफू कानुनी रुपमा जिम्मेवार नरहेको जानकारी हुँदा पनि उनले यसो गरे,’ अदालतका न्यायाधीशले भनेका छन्, ‘चीनमा बच्चाहरु १८ वर्ष पुगेपछि कानुनी रुपमा वयस्क हुन्छन् । यो उमेर पार गरेपछि आमाबुवाले उनीहरुको जीवनयापनमा खर्च गर्नैपर्ने बाध्यता रहँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप