तथ्यांकमा यस्तो छ गण्डकीको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् कुल बजेटको ३६.९५ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.९३ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख अर्थात ५.८८ प्रतिशत छ । बजेटमा १ करोड ८८ लाख रुपैयाँ सञ्चित कोषमाथिको व्ययभार छ ।
बजेटका स्रोत :
–वित्तीय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख
–राजस्व बाँडफाँट ९ अर्ब २३ करोड
–सशर्त ६ अर्ब ९१ करोड ८३ लाख
–समपूरक अनुदान ८३ करोड ७० लाख
–विशेष अनुदान ८६ करोड
–आन्तरिक राजस्व ५ अर्ब ९ करोड
–रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान
–२ अर्ब ७१ करोड नगद मौज्दात
–१ अर्ब आन्तरिक ऋण
–१ अर्ब नेपाल सरकारबाट ऋण लिइने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
-
आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन