शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात

बिहीबार, ०२ असार २०७९, ११ : ०३
बिहीबार, ०२ असार २०७९

सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए । 

उनको उद्दारका लागि ईलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको उनले बताए । खोजतलासको लागि जंगलभित्र जान हात्ती पनि मगाइएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप