अर्थमन्त्रीले संसदमा जवाफ दिँदा एमालेले अवरोध गर्ने
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
त्यस्तै जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि अर्थमन्त्री बोल्दा एमाले सांसदहरुले संसद अवरोध गर्ने तयारी गरेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकमा अर्थमन्त्रीको जवाफ दिने बेला आफुहरुले विरोध गर्ने बताए । ‘हाम्रो कुरा प्रस्ट छ, हामी विरोध गर्छौ’, नेम्वाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
-
राप्रपा बैठकमा धवलशमशेरको कटाक्ष : बिरामी भयो कि पद गुम्ने डर भयो !
-
राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै धवलशमशेरले ल्याए छुट्टै राजनीतिक विचार
-
रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस जारी
-
बाँकेमा पाटेबाघ मृत भेटियो
-
गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा