शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी भित्र्याउन मन्त्री गहतराजको आग्रह

बिहीबार, ०२ असार २०७९, १४ : ३०
बिहीबार, ०२ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । 

बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।  नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री अथकले आग्रह गरे ।  विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरूको सहभागिता रहेको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप