संसदमा प्रधानमन्त्री देउवाको खोजी : अस्पताल हो कि कुन देश गएको हो ?
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवा नगएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।
एमाले सांसद भीम रावलले आफ्नो मन्त्रालय अन्र्तगतको बिनियोजन विधेयक र उठेका प्रश्नहरुको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई सो पदमा बस्न नैतिकताले नदिने बताए । उनले भने–‘अघि त मैले उहाँ उपचार गर्दै हुनुहुन्छ भन्ने हल्ला सुनेको थिए । कपाल कि पेट के दुख्यो भन्ने सुनेको थिए । प्रधानमन्त्री जी सिकिस्त विरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ ? त्यो जानकारी पाउँ । हैन उहाँ यो एसपीपीको सन्र्दभमा अमेरिका जाने कुरा थियो । गृहमन्त्रीले हामी त्यता जाँदैनौं भनेपछि उहाँको त्यो भ्रमण त रद्ध भइसकेको हुनुपर्छ । उहाँ कुन देश जानुभयो वा नेपालमै हुनुहुन्छ कि ?’
सांसद रावलले सभामुख मार्फत लोकतन्त्रको उपहास नगर्न र संसदको उपहास नगर्न माग गरे । उनले भने–‘जनप्रतिनिधि मुलक संस्थाको खिल्ली नउडाइयोस् । प्रधानमन्त्री स्वयं आएर यो प्रतिनिधि सभामा जवाफ दिइयोस् । कमसेकम प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्नेलाई नैतिकताले त्यो पदमा बस्न दिन्छ ?’
उनले प्रधानमन्त्रीलाई न्यूनतम नैतिकताको पालना गर्दै संसदमा आएर जवाफ दिन आग्रह गरे । प्रधानमन्त्री बिरामी हो भने कुन अस्पतालमा रहेको र वार्ता गर्दै हो भने कुन देशमा राजदूतसँग वार्ता गर्दै हो त्यसबारे जानकारी गराउन आग्रह गरे । यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री देउवाको खोजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनापछि बुटवल–नारायणघाट खण्डको निर्माण सुरु
-
विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई
-
रविसँग झण्डै ५ घण्टा बयान लिइयो
-
वैद्यको पार्टीले संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउने
-
आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई सीएनआईको आग्रह
-
बोसिस्टोको घातक बलिङ, १ सय ३ रनमा समेटियो पोखरा