शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको​ कार्यक्रममा

बिहीबार, ०२ असार २०७९, १५ : ४३
बिहीबार, ०२ असार २०७९

प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर  आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी भएका हुन् । 

प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको  नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाणले बोलेका छन् । आफ्नो मन्त्रालयगत छलफलमा प्रधानमन्त्री देउवा सहभागी नभएपछि नेमकिपाका सांसद प्रेम सुवाल र एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको खोजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप