बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा हैजाका बिरामी भेटिए

बिहीबार, ०२ असार २०७९, १७ : ०३
बिहीबार, ०२ असार २०७९

 काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो । 

हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवैजनाको  आईसीयूमा उपचार भइरहेको छ । यस्तै, टेकु अस्पतालमा आजमात्रै झाडापखालाका बिरामी १२ जनाभन्दा बढि इमर्जेन्सी उपचारका लागि आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप